सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको भेट
baahrakhari.com · Tue Aug 04 14:07:16 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गरेकी छन् ।
संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)