चुनावमा दूरसञ्चार सेवा चुस्त राख्न प्राधिकरणले दियो निर्देशन
abhiyandaily.com
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई चुनावका दिनमा दूरसञ्चार सेवालाई थप प्रभावकारी राख्न निर्देशन दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै मंसिर चार गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राख्दै अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ सञ्चालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सृजना हुन नदिन निर्देशन दिएको हो ।
तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आइपरेमा तुरुन्तै टोली खटाउन सकिने गरी व्यवस्थापन मिलाउन प्राधिकरणले भनेको छ । निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता विपरीत दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्नरगराउन रोक्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)