म्यानपावरबाटै सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने बाटो खुला
kendrabindu.com · Sat Jul 04 04:18:00 GMT 2026

काठमाडौं। म्यानपावरबाट नै दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामा रोजगारीको अवसर पर्खिरहेका नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रालयले सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया विधिसम्मत ढङ्गले अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो । परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन र सोही वर्षको जेठ १९ गतेको पत्रको सन्दर्भमा यो निर्णय लिइएको हो । कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट रिटमा जारी भएका आदेशलाई मुख्य आधार मान्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।