विशेष सतर्कता अपनाउन कृषिमन्त्रीको निर्देशन
gorkhapatraonline.com · Fri Aug 28 01:49:18 GMT 2026

भोटेकोशी–त्रिशूली नदीको उर्लंदो भेल रसुवा, नुवाकोट, धादिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर, सडक र पुल मात्र बगाएन; हजारौँ परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठुलो प्रहार गर्यो । बाढीको त्रासदीबिच मानिस आफ्नो ज्यान जोगाउन दौडिइरहेका थिए तर धेरै गोठमा बाँधिएका गाईभैँसी, बाख्रा, भेडा र अन्य पशु भने असहाय बनेर बाढीको सामना गरिरहेका थिए ।
विपत्को समाचारमा प्रायः बेपत्ता मानिस, भत्किएका घर र अवरुद्ध सडकका तस्बिर देखिन्छन् तर त्यही तस्बिरको छेउमा एउटा अर्को पीडा पनि लुकेको हुन्छ– बोल्न नसक्ने पशुको पीडा । उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाइमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)