कैलाली चिसापानीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, फरार चालक सुर्खेतमा पक्राउ
onlinekhabar.com · Sat Jul 04 04:48:41 GMT 2026

२० असार, धनगढी । कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकि प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)