पत्रकार महासंघ नवलपरासीका अध्यक्षको निधन
nepalpress.com · Sat Jul 04 04:58:40 GMT 2026

रूपन्देही । नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम् शाखाका अध्यक्ष केशव पराजुलीको निधन भएको छ । उनको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा निधन भएको पत्रकार महासंघ नवलपरासीका काबा अध्यक्ष विकास अधिकारीले जनाए ।
पराजुली फोक्सोको क्यान्सरबाट ग्रसित थिए । लामो समयदेखि उपचाररत पराजुलीको उपचार सम्भव नभएपछि ५७ वर्षको उमेरमा निधन भएको हो । पराजुली दोस्रो पटक महासंघ नवलपरासीको अध्यक्ष भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)