‘तीन महिनामै बालेन सरकारले ‘काम गरेन’ भन्न मिल्दैन तर सच्चिनु जरुरी छ’ : मिराज ढुंगाना
kalakarmi.com · Sat Jul 04 05:20:08 GMT 2026

काठमाडौं- जेनजी अभियन्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । सरकारको एकसय दिनको समीक्षा संवादमा उनले सरकार कुन दिशातर्फ गइरहेको छ भनेर भन्न सकिएला तर काम नै गर्न सकेन भन्नु सान्दर्भिक नहुने तर्क गरे ।
‘हनिमुन पिरियड’ पूरा गरेको सरकारको सुरुवाती चरण भएकाले तत्काल मूल्यांकन वा टिप्पणी गर्नु ठिक नहुने उनको भनाइ छ । सरकारले तयार गरेको सय बुँदे वाचा पत्र हालसम्म ३०–४० प्रतिशत मात्र पूरा गरेको उनको ठहर छ । ‘सय बुँदा सबै पूरा गर्नु भएको छैन् । ३० देखि ४० प्रतिशत काम भयो होला किनभने उहाँहरुपनि पहिलो पटक सरकारमा जानुभएको छ । अनुभव पनि छैन्, सिक्दै अगाडि बढ्ने अवस्थामा हुनुहुन्छ । त्यसैले वाचा अनुसारका कामहरु अझै बाँकी छन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)