बालबालिकाको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
baahrakhari.com · Thu Sep 21 17:43:00 GMT 2023
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षक समुदायले उठाएका न्यायोचित मागहरूको सम्बोधन गरी बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।
“आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानवअधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना माग राख्न, आफ्ना माग पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्नुपर्छ,” आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)