धादिङ अदालतको ६७ प्रतिशत मुद्दा फर्छयाैट, सबै भन्दा बढी सम्बन्ध विच्छेदका
annapurnapost.com · Sat Jul 04 05:38:05 GMT 2026

धादिङ : धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ को असार १८ गतेसम्म कुल दर्ता भएका मुद्दामध्ये ६७ प्रतिशत मुद्दा फर्छयाैट गरेको जनाएको छ । अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३२५ र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९१ गरी कुल १ हजार ५१६ मुद्दामध्ये १ हजार १७ वटा फर्छयाैट भएका छन् भने ४९९ मुद्दा विचाराधीन रहेका छन् ।
उनका अनुसार अदालतले चालु आर्थिक वर्षका लागि ७५ प्रतिशत मुद्दा फर्छयाैट गर्ने लक्ष्य राखेको छ । असार १८ गतेसम्म ६७ प्रतिशत प्रगति हासिल भएको र बाँकी अवधिमा लक्ष्य नजिक पुग्ने गरी मुद्दा फर्छयाैटलाई तीव्रता दिइने उनले बताए । श्रेस्तेदार लुइँटेलका अनुसार विचाराधीन ४९९ मुद्दामध्ये ३७९ वटा सरल मार्गअन्तर्गत छ महिनाभित्रका, ७६ वटा सामान्य मार्गअन्तर्गत छदेखि १२ महिनाभित्रका, ४२ वटा विशेष मार्गअन्तर्गत एक वर्षभन्दा पुराना तथा ३ वटा दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)