खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
ratopati.com · Fri Sep 04 19:13:12 GMT 2026

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन् ।
उनले १८ रोपनी बारीमा ३०० वटा रुद्राक्षका बोट रोपेका छन् । बिस २०७३ सालमा सङ्खुवासभाबाट प्रतिगोटा रु २०० का दरले बिरुवा खरिद गरेर रुद्राक्ष रोपेको उनले बताए । चार वर्षपछि सबै बोटले उत्पादन दिन थालेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)