विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
ratopati.com · Sat Jul 04 05:52:15 GMT 2026

अमेरिका । अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमका कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा ३ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
जेनेभा प्रहरी विभागले ४ बच्चाहरू सहित १० जना सवार रहेको डुङ्गा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ । ६ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बावजुद मृत्यु भएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)