अमेरिकी प्रतिनिधि सभाबाट 'फोस्टरिङ द फ्युचर एक्ट' विधेयक पारित
annapurnapost.com · Wed May 20 00:40:46 GMT 2026

वासिङ्टन डीसी : अमेरिकी संसदको तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) बाट ‘फोस्टरिङ द फ्युचर एक्ट’ विधेयक पारित भएको छ। प्रथम महिला मेलानिया ट्रम्पको मुख्य प्राथमिकतामा रहेको ‘फोस्टर केयर’ (अनाथ तथा असहाय बालबालिकाको पालनपोषण गृह) प्रणालीमा सुधार गर्ने उद्देश्यले ल्याइएको यो द्विपक्षीय विधेयक पारित भएपछि उनले खुसी व्यक्त गरेकी छिन्।
ह्वाइट हाउसमा आयोजित 'कङ्ग्रेसोनल पिकनिक' कार्यक्रममा सांसद तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै प्रथम महिला ट्रम्पले भनिन्, 'म एउटा सुखद समाचार सार्वजनिक गर्न चाहन्छु। आज प्रतिनिधि सभाले 'फोस्टरिङ द फ्युचर एक्ट' पारित गरेको छ।' उनले अमेरिकी फोस्टर बालबालिकाहरूको भविष्यलाई दलीय राजनीतिभन्दा माथि राखेर मतदान गरेकोमा सांसदहरूलाई धन्यवाद समेत दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)