टाटा समूहले आइफोनको पार्टपुर्जा निर्माण गर्ने प्लान्टमा ४५ हजार महिलालाई रोजगारी दिने
bizmandu.com · Wed Nov 02 05:11:35 GMT 2022
काठमाडौं। भारतको टाटा समूहले होसुरमा रहेको आईफोन पार्टपुर्जा प्लान्टमा ४५ हजार महिलालाई काम दिने योजना बनाएको छ। यो प्लान्ट ५ सय एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। सेप्टेम्बरमा यसले करिब ५ हजार महिलाहरूलाई काममा राखेको बताइएको छ।
यो टाटा समूहले आइफोन कम्पोनेन्ट बनाउने होसुरमा रहेको आफ्नो इलेक्ट्रोनिक कारखानामा कर्मचारीको संख्या बढाउने योजनामा आधारित रहेको बताइएको छ। यो समूहले एप्पल इंक बाट थप अर्डरहरू प्राप्त गर्ने जनाएको छ।
ब्लूमबर्गको रिपोर्टका अनुसार होसुर प्लान्ट जसले आईफोन केसहरू उत्पादन गर्दछ। यसले १८-२४ महिनाभित्र ४५ हजार महिलाहरूलाई रोजगारी दिने बताएको छ। यसले नयाँ उत्पादन लाइन-अप सेट गरिरहेको छ। यस कारखानामा पहिले नै १० हजार कामदारहरू छन्, जसमध्ये अधिकांश महिला नै छन्।
प्रतिवेदनमा उल्लेख गरिए अनुसार होसुर प्लान्टमा महिला कामदारहरूले कूल तलब भारु १६ हजार रुपैयाँभन्दा बढी पाउँछन्। जुन उद्योगको औसतभन्दा बढी हो। जहाँ कामदारहरूले खाना र बास पनि निशुल्क पाउँछन्। यसबाहेक, टाटाले कामदारहरूलाई तालिम र शिक्षा पनि दिने योजना बनाएको छ।
टाटा समूहले भारतमा आइफोन एसेम्बल गर्न इलेक्ट्रोनिक्स उत्पादन गर्ने संयुक्त उद्यम स्थापना गर्न विस्ट्रोनसँग वार्ता गरिरहेको छ। एप्पलले आफ्नो उत्पादन चीन बाहिर सार्न खोजिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)