व्यवसायीको नाम सार्वजनिक गरिएको भन्दै औषधि व्यवसायी सङ्घ काठमाडौँको आपत्ति
ratopati.com · Fri Jun 26 12:33:14 GMT 2026

काठमाडौँ। औषधि व्यवस्था विभागले सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बरामद भएको भनी जारी गरेको सूचनामा व्यवसायीहरूको नाम सार्वजनिक गरेकोप्रति नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँले शुक्रबार गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सङ्घले नक्कली औषधिको उत्पादन, आयात र बिक्रीमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने कुरामा ऐक्यबद्धता जनाए तापनि अनुसन्धानको अन्तिम निष्कर्ष नआउँदै वैध आपूर्ति प्रणाली र आधिकारिक बिलका आधारमा व्यवसाय गरिरहेका इजाजतप्राप्त व्यवसायीहरूको पहिचान सार्वजनिक गरिनु प्राकृतिक न्यायको सिद्धान्त र नेपालको संविधान विपरीत भएको ठहर गरेको छ। बजारमा उपलब्ध प्रत्येक औषधिको प्रयोगशाला परीक्षण गरेर मात्र कारोबार गर्नु व्यावहारिक रूपमा असम्भव हुने भन्दै राज्यकै नियामक निकाय र प्रणालीमाथि विश्वास गरेर व्यवसाय गर्नेहरूलाई दोषीका रूपमा प्रस्तुत गर्दा व्यवसायीको प्रतिष्ठामा अपूरणीय क्षति पुग्ने सङ्घका महासचिव शुभ मान श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)