काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भाइल एन्टी रेबिजविरुद्धको खोप
canadanepal.com · Fri Jun 26 12:30:36 GMT 2026

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् ।
खोप प्रदान गर्दै उनले भनिन्, ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपद्को सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेबिज जोखिमको कुरा गर्दै भनिन्, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)