अप्पर त्रिशूलीको टनेलमा फसेका ३५० जनाको उद्धार
bishowkhabar.com · Fri Aug 28 01:55:34 GMT 2026

काठमाडौं– रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली जलविद्युत् आयोजनाको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
बाढीको तीव्र बहाव र प्रतिकूल मौसमका बीच अत्यन्त जोखिमपूर्ण अवस्थामा सेनाले टनेलभित्र उद्धार अभियान सञ्चालन गरेको थियो । केही समयअघि टनेलभित्र फसेका ३५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ । टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोली परिचालन भइरहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)