चिकित्सकको नाम यथावत् रहने
gorkhapatraonline.com · Wed May 20 01:09:07 GMT 2026

नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स (नाम दर्ता किताब) बाट नाम हटाउने निर्णय स्थगित गरेको छ । काउन्सिलको गत २९ वैशाखमा बसेको पूर्ण बैठकले यसअघि गरिएको नाम दर्ता खारेजसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । अब सम्बन्धित चिकित्सकको नाम दर्ता किताबमा यथावत् रहने छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विदेशमा रहेका नेपाली मूलका चिकित्सकलाई अब गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकको सूचीमा दर्ता हुन आह्वान गरिने बताउनुभयो । उहाँले गैरआवासीय चिकित्सकका रूपमा विधिवत् नाम दर्ता भएपछि मात्र उनीहरूको नाम नेपाली चिकित्सकको मूल दर्ता किताबबाट स्वतः हट्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)