सेवानिवृत्त कर्मचारीले पाउने रकम असार २५ गतेसम्म भुक्तानी गर्न निर्देशन
lokaantar.com

महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु/गराउन अनुरोध गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)