पाकिस्तान प्रशासित काश्मीरमा न्यायको पर्खाइमा मरिया ताहिर
hamrakura.com · Fri May 06 00:00:00 GMT 2022
लाहोर। पाकिस्तान प्रशासित कश्मीरमा सामूहिक बलात्कारमा परेकी मारिया ताहिरले अझै सरकारसँग न्यायको याचना गरिरहेकी छन्। मारिया ताहिर एक बहादुर र साहसी महिलामध्येमा पर्छन्। सामूहिक बलात्कृत भएपछि केही समय उपचार गराएर आफूमाथि भएको अन्यायविरुद्ध लड्न उनी आफैँ उठिन्, कुनै पनि राजनीतिक र सामाजिक दबाबको अगाडि झुकिनन्, उनको प्रेरणादायक कथाले विश्वको ध्यान तानेको छ।
पीओकेको भिम्बर जिल्लामा विवाह गरेकी मारिया ताहिरलाई भिम्बरमा केही राजनीतिक प्रभावशाली व्यक्तिले सामूहिक बलात्कार गरेका थिए। पछि उनलाई उनका बलात्कारीहरूले ब्ल्याकमेल गरेर उनीबाट लाखौँ रुपैयाँ पनि असुल गरे। जब उनले धम्कीलाई वास्ता गर्न अस्वीकार गरे, उनीहरूले उनको छोरालाई अपहरण गरे र बदलामा फिरौतीको पैसा मागे। मारियामाथि लगाइएका असहनीय अपराधहरूले उनलाई आफ्नो जीवन अन्त्य गर्ने विचार गर्न बाध्य तुल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)