सम्पदा संरक्षण गर्न सङ्ग्रहालयकर्मीलाई तालिम जरुरी
gorkhapatraonline.com · Wed May 20 01:33:06 GMT 2026

सङ्ग्रहालयको दिगो विकास, संरक्षणका लागि स्थानीय समुदायसँगको सहकार्य र विपत् पर्दा सम्पदाको संरक्षण÷व्यवस्थापन गर्न सङ्ग्रहालयकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ । हनुमाढोका दरबार सङ्ग्रहालयले इन्टरनेसनल काउन्सिल अफ म्युजियमसँगको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी सङ्ग्रहालयकर्मीले आफ्ना अनुभव सुनाउँदै सो कुरा बताएका हुन् ।
इन्टरनेसनल काउन्सिल अफ म्युजियम नेपालका सदस्य डा. पशुपति न्यौपानेले विश्वभर नै मानिस जात, धर्म, वर्ग, क्षेत्र, आर्थिक, सामाजिकलगायत विविध कारणले बाँडिरहेको, विभेद भइरहेको अवस्थामा सङ्ग्रहालयले सबैलाई एकै सूत्रमा बाँध्न प्रेरणा दिने भएकाले सङ्ग्रहालयको महìव अनन्तकालसम्म जारी रहने विचार व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)