बिम गाउँमा पक्की पदमार्ग
barnanmedia.com · Wed May 20 01:48:37 GMT 2026

यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो ।
“उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो । बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)