कङ्गोमा इबोला सङ्क्रमण तीव्र
ratopati.com · Sat Jul 04 07:24:44 GMT 2026

कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण तीव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामीहरू हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको भएका छन् । यो बाहेक ६३ जनाको मृत्यु सहित कुल २१३ जना सङ्क्रमितको रिपोर्ट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)