थाइल्याण्डमा ११ वर्षीय बालकले चलाएको गाडीको ठक्करबाट ९ बौद्ध भिक्षुको मृत्यु
annapurnapost.com · Sat Jul 04 07:17:17 GMT 2026

बैंकक : थाइल्याण्डको उत्तर-पूर्वी मुकदाहान प्रान्तमा एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा नौ जना बौद्ध भिक्षुको मृत्यु भएको छ। तीर्थयात्रामा निस्किएका ३५ भिक्षु र पाँच सर्वसाधारणको समूह सडकमा हिँडिरहेका बेला बालकले अनुमति बिना अभिभावकको गाडी चलाएर नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र अन्य चार जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य आठ जना भिक्षु गम्भीर घाइते भएका छन् भने केहीलाई सामान्य चोट लागेको छ। घाइतेहरूको मुकदाहान अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)