प्रदर्शनअगावै ‘अक्षरा’ को कोरिया वितरण अधिकार बिक्री
nagariknews.nagariknetwork.com · Sat Jul 04 07:17:42 GMT 2026

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन्।
कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो। यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो फिल्म हेर्न पाउने भएका छन्। यद्यपि फिल्म कति रकममा बिक्री भयो भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन। प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई फिल्म क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)