रुरुक्षेत्र ‘पूर्ण खोप’ र ‘पूर्ण संस्थागत प्रसूति सेवा’ दिगोपना सुनिश्चितता घोषणा
gorkhapatraonline.com · Wed May 20 02:34:31 GMT 2026

गुल्मीको रुरुक्षेत्र गाउँपालिकालाई ‘पूर्ण खोप’ र ‘पूर्ण संस्थागत प्रसूति सेवा’ दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। ‘रुरुक्षेत्र समृद्धिको आधार : कृषि, पर्यटन र स्वरोजगार’ भन्ने नारासहित एक औपचारिक कार्यक्रमका बीच यस गाउँपालिकालाई ‘पूर्ण खोप’, ‘पूर्ण संस्थागत प्रसूति सेवा’ तथा ‘पोषणमैत्री स्वास्थ्य संस्थायुक्त’ पालिका दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
राष्ट्रिय खोप कार्यक्रम अनुसार यहाँ रहेका सबै बालबालिकालाई खोप दिएपश्चात् रुरुक्षेत्र गाउँपालिकाकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ। यहाँका छ वटै वडामा रहेका १५ देखि ५९ महिनाका ४९२ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेलले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)