सहरदेखि गाउँसम्म लाखेनाच
gorkhapatraonline.com · Fri Aug 28 02:09:15 GMT 2026

पाल्पाका विभिन्न स्थानमा देखाइएको लाखेनाचले गाउँ तथा सहरमा रौनकता बढाएको छ । घण्टाकर्ण पर्व मनाएपछि सदरमुकाम तानसेन, रामपुर, हार्थोक, सिलुवा, बगनास, आर्यभन्ज्याङ क्षेत्रमा लाखेनाच देखाइएको छ ।
नेवार समुदाय बसोबास रहेको क्षेत्रमा लाखेनाच दिनहुँ जसो देख्न पाइन्छ । पाँच शताब्दीदेखि जीवित लाखेनाचले पछिल्लो समय मनोरञ्जन तथा सांस्कृतिक कलाकौशल नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुगेको लाखेनाचका अगुवा किरण चित्रकारले बताउनुभयो । चित्रकारका अनुसार पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका जिल्लामा लाखे नाच्ने प्रचलन सुरु भएको र त्यसले अहिलेसम्म निरन्तरता पाएको छ । लाखेनाचले दर्शक तथा स्थानीयलाई मनोरञ्जन दिनुका साथै परम्परागत नाचकला हस्तान्तरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)