एलएस होराइजन १२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
arthasansar.com

लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले सो योजनाको इकाई खरिदका लागि जेठ १३ गतेसम्म अवधि थप गरेपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात निष्काशन बन्द गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्काशन गरिएको कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)