बाढीपीडितका लागि अस्ट्रेलियाको ५० लाख डलर मानवीय सहायता
tourismface.com · Fri Aug 28 02:12:02 GMT 2026

काठमाडौँ । हालैको बाढी तथा पहिरोबाट प्रभावित नेपालीका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ। राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग पुग्ने गरी रकम परिचालन गरिने भएको हो।
अस्ट्रेलियाको विदेश मन्त्रालयका अनुसार सहायता नेपालमा कार्यरत साझेदार संस्थामार्फत प्रभावित समुदायसम्म पुर्याइनेछ। बाढीबाट विस्थापित तथा जोखिममा परेका परिवारलाई खाद्यान्न, अस्थायी आश्रय, स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवा उपलब्ध गराउन रकम खर्च हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)