युवा संघ महाधिवेशन : थेबेलाई अध्यक्ष दोहोर्याउने ओलीको निर्देशनमा जुटेन सहमति
ekantipur.com · Sat May 24 17:13:58 GMT 2025

कास्की — नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन शुक्रबारदेखि पोखरामा जारी छ । शनिबार राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने तालिका थियो । तर राति पौने १० बजे एकाएक निर्वाचन कार्यतालिका आइतबार बिहान ६ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
साँझ ६ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेकामा त्यो पनि भएन । पदाधिकारीका दाबेदारले समर्थकको सहयोगमा शनिबार साँझदेखि प्रचार सुरु गरेका छन् । महाधिवेशन स्थल पोखरा सभागृहमा युवा संघका नेता-कार्यकर्ताले शनिबार साँझदेखि फरक-फरक पदका उम्मेदवारको पक्षमा मत माग्दै राति १० बजेसम्म नाराबाजी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)