एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण
himalpress.com · Wed May 20 03:26:10 GMT 2026

झापा- एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए ।
सम्झौताअनुसार आगामी २०८३ माघ १ गतेभित्र पुल निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने म्याद छ । राजमार्गको सडक विस्तारको काम केही सुस्त देखिए पनि पुलको काम भने निरन्तर चलिरहेको छ ।