दूग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन माग
onlinekhabar.com · Sat Jul 04 08:44:23 GMT 2026

१९ असार,बुटवल । नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा त्यसको प्रत्यक्ष असर दुग्ध उत्पादक किसान र उपभोक्तामा परेको भन्दै एशोसिएसनले कर नीति पुनरावलोकन गर्न आग्रह गरेको हो ।
बुटवलमा सम्पन्न एशोसिएसनको तेस्रो कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रल्हाद दाहालले दूध विलासिताको वस्तु नभई दैनिक उपभोगको अत्यावश्यक खाद्यवस्तु भएकाले यसमा लगाइएको भ्याट तत्काल खारेज गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)