क्यान्सरपीडित बालबालिकालाई माइकल ज्याक्सन मेमोरियल फ्यान क्लबको सहयोग
lokaantar.com

क्यान्सरजस्तो जटिल रोगसँग लडिरहेका बालबालिकाहरूलाई माइकल ज्याक्सन मेमोरियल फ्यान क्लबले विशेष साहयोग गरेको छ । वार्मिंग हर्ट्स क्यान्सर सेन्टर मा आश्रित क्यान्सरसँग भिडिरहेका बालबालिकाहरूलाई क्बलले आर्थिक तथा अन्य खाद्यान सामाग्री सहयोग गरेको हो ।
वार्मिंग हर्ट्स क्यान्सर सेन्टरमा आश्रित १४ जना क्यान्सरसँग भिडिरहेका बालबालिकाहरूबीच क्लबले विशेष कार्यक्रम गरी नयाँ वर्ष मनाएको हो । उक्त सेन्टरमा अहिले बालबालिकासँगै केही वयस्क क्यान्सर रोगीहरू समेत आश्रय लिइरहेका छन्, जसलाई दैनिक उपचार र पौष्टिक खानाको खाँचो रहेको हुँदा क्बलले ३४ हजार ४०० रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरेको छ । उक्त रकम बालबालिकाहरूको नियमित उपचारमा खर्च गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)