काठा दुम्लिङमा पुल निर्माण दुई सय जनाभन्दा बढीको श्रमदान
gorkhapatraonline.com · Wed May 20 03:55:38 GMT 2026

व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माणका लागि हालसम्म २३० जनाले श्रमदान गरिसकेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङको समूहद्वारा निर्माण भइरहेको पुलका लागि हालसम्म २३० जनाभन्दा बढीले श्रमदान गरेको पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईले जानकारी दिनुभयो । कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर श्रमदाताले गत चैत २४ देखि काठा दुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिरहेका छन् । म्यानेजर नवीन राई भन्नुहुन्छ, “पुलको ७० प्रतिशत काम पूरा भइसकेको छ । श्रमदाताको आउनेजाने क्रम जारी नै छ । अबको ३५ दिनमा सबै काम पूरा हुन्छ ।”
उहाँले हाल ५० जना श्रमदाताले पुल निर्माणस्थलमा श्रमदान गरिरहेको बताउनुभयो । काठा दुम्लिङमा पूर्वका श्रमदाताको पसिनामार्फत पुल निर्माण भइरहेको स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)