विपद्मा नेपाल: विश्वको सहानुभूति पाइयो, अब साझेदारी खोजौँ
barnanmedia.com · Fri Sep 04 22:34:08 GMT 2026

नेपाल–चीन सीमाको माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा भएको ठूलो चट्टान तथा हिमखण्डको पतनपछि आएको बाढीले रसुवा र आसपासका जिल्लामा अकल्पनीय क्षति पुर्याएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार १ हजार ३२५ जनाको मृत्यु पुष्टि भएको छ । ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन् । ८ हजार ६३१ जनाको उद्धार सम्भव भएको छ ।
यी तथ्यांक अन्तिम होइनन् । तर विपद्को आकार र आयतन बुझ्ने आधार यिनै हुन् । विपद् व्यवस्थापन प्राधिकरणले क्षतिको द्रूत मूल्यांकन गरेर तयार पारेको प्रतिवेदनअनुसार ७ हजार ५७० निजी आवासमा पूर्ण क्षति पुगेको छ । ३२ हजार घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । ४८ वटा सरकारी भवनमा क्षति पुगेको छ । तीमध्ये ३५ पूर्ण र १३ आंशिक रूपमा क्षतिग्रस्त छन् । १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । ५५ किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ । क्षति पुगेका ३७ मोटरेबल पुलमध्ये ३३ पूर्ण रूपमा नष्ट भएका छन् । बाढीले ६८ वटा झोलुंगे पुल बगाएर नदीका दुई किनाराबीचको सम्पर्क टुटाइदिएको छ । दर्जनौँ जलविद्युत आयोजना ध्वस्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)