नेपाली शिक्षाको गुणस्तर
karobardaily.com · Sun Apr 18 17:55:40 GMT 2021
प्रसिद्ध लेखक ड्यानियल प्रेलिप्सियनले भनेका छन्, एउटा मुलुकलाई विनाश गर्न कुनै आणविक हतियार, ठूला मिसाइल वा बम चाहिँदैन । शिक्षाको गुणस्तर घटाई परीक्षामा चिट चोर्न दिए पुग्छ । यसले गर्दा बिरामी चिट चोरेर पास भएको डाक्टरको कारण मर्छ, ठूला भवन चिट चोरेर पास गरेका इन्जिनियरको कारण भत्कन्छन्, चिट चोरेर पास गरेको लेखापालको हिसाबकिताब बिग्रिएर पैसा हिनामिना हुन्छ, चिट चोरेर पास गरेको न्यायाधीशको कारण न्याय हराउँछ र मूलतः चिट चोरेर पास गरेको शिक्षकले त्यस विद्यार्थीलाई बेवास्ता गर्ने हुँदा आगामी भविष्य पनि त्यस्तै हुने हुन्छ । शिक्षा भनेको केही सिक्ने, ज्ञान आर्जन गर्ने, अनुसान्धान र खोज गर्ने तथा आफूलाई ज्ञानी बनाउने एउटा माध्यम हो । तर, समयसँगै यसको परिभाषा परिवर्तन हुँदै छ— शिक्षा भनेको जागिरको न्यूनतम मेरुदण्ड, व्यवसायको एउटा क्षेत्र हुँदै गएको देखिएको छ ।
उच्च शिक्षाकै नाममा लाखौ युवा बिदेसिँदा हाम्रो शिक्षाप्रति गर्व गर्नुपर्ने कुनै आधार देखिँदैन । हाम्रो शैक्षिक प्रणाली अझै पनि निकै पछाडि रहेको छ र शिक्षामा विश्व बजारसामु कुनै फड्को मार्न सकेको देखिँदैन । सर्वप्रथम त हाम्रो शैक्षिक प्रणालीमा आधुनिकीकरणको अभाव रहेको छ । गत २० वर्षअगाडि वैदेशिक विश्वविद्यालयमा पढाइ भएका विषयहरू हाम्रो शैक्षिक प्रणालीमा अहिले देखिन्छ । हाम्रो पाठ्यक्रममा परिमार्जन गर्ने गरेको भेटिँदैन । पहिलो कारण त त्यसका निमित्त बाहिरको पाठ्यक्रम मूल्यांकन नै नगरी होटलमा बसेर निर्माण गरिन्छ, दोस्रो परिमार्जन गर्न नै खोजिÞँदैन, किनभने भोलि त्यसअनुरूपको पढाइ आफैंले गर्नुपर्ने दायित्व आइपर्दा, नसकिने अवस्था सिर्जना हुन सक्ने खतराप्रति कसैको रुचि नहुनु स्वाभाविक पनि हो । अहिले विश्वका प्रख्यात विश्वविद्यालयमा के पढाइ भइरहेको छ भन्ने खोजीनिती गर्नेभन्दा पनि आफूले आफ्नो पालोमा के पढियो भन्ने विषय प्राथमिकतामा पर्ने हुँदा हाम्रो शैक्षिक पाठ्यक्रम परिमार्जन हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)