हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
barnanmedia.com · Fri Jun 12 23:45:26 GMT 2026

राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।” शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि(बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भन्नुभयो, “अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो विचल्ली बनाइदियो ।”
शुक्लाफाँटा नगरपालिका–९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ । हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पु¥याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)