लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत
kendrabindu.com · Sat Jul 04 09:48:41 GMT 2026

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि रु ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।
विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ५०.६७ प्रतिशत अर्थात सात अर्ब दुई करोड २० लाख ७५ हजार ८३ खर्च भएको छ भने विकास निर्माणसँग जोडिने पुँजीगत खर्चतर्फ ४४.९२ प्रतिशत अर्थात् रु १० अर्ब ५४ करोड २७ लाख छ हजार ५६५ खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)