मध्यराति दाउ प्रहार गरी कान्छी श्रीमतीको हत्या
annapurnapost.com · Wed May 20 04:32:00 GMT 2026

झापा : झापाको हल्दीबारीमा घरायसी विवादको क्रममा श्रीमानले दाउ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ स्थित धनुषपोखरी नजिकै गए राति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झैझगडा हुँदै आएको थियो । राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो । सोही क्रममा विवाद बढ्दै जाँदा आवेशमा आएर गोकर्णले श्रीमतीमाथि दाउ प्रहार गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)