बालसैनिकलाई परिपूरणको व्यवस्था गर्न आदेश
gorkhapatraonline.com · Sat Jun 13 00:08:15 GMT 2026

सर्वोच्च अदालतले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा भर्ती गरिएका बालसैनिकलाई उपयुक्त र पर्याप्त परिपूरणको व्यवस्था गर्न सरकारका नाममा आदेश गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले बालसैनिकको पहिचान, परिपूरण र क्षतिपूर्तिका सम्बन्धमा परमादेश आदेश जारी गरेको हो । अदालतले बालसैनिक भर्ना गरेकोमा तत्कालीन नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईमाथि फौजदारी अनुसन्धान हुनुपर्ने मागमा भने अनुसन्धानको आदेश गर्न अस्वीकार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)