नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ : अर्थमन्त्री वाग्ले
canadanepal.com · Sat Jul 04 10:01:48 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट कालो सूचीमा पर्ने उच्च जोखिममा रहेको बताएका छन् । शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
नेपाललाई फागुन २०८१ देखि एफएटीएफको ‘ग्रे लिस्ट’मा रहेकाे भन्दै उनले त्यसबाट बाहिर निकाल्न सरकार प्रयासरत् रहेको बताए । अर्थमन्त्री वाग्लेले आवश्यक सुधारका काम समयमै सम्पन्न गर्न नसके नेपाल ब्ल्याकलिस्टमा पर्न सक्ने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)