लुम्बिनीमा ४७.२० प्रतिशत बजेट खर्च, आन्तरिक मामिला मन्त्रालयको प्रगति १५.२८ प्रतिशत मात्र
nepalpress.com · Sat Jul 04 10:10:33 GMT 2026

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रु ३८ अर्ब ९१ करोड बजेटमध्ये जेठ मसान्तसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।
कार्यालयका अनुसार चालू खर्चतर्फ रु सात अर्ब दुई करोड २० लाख ७५ हजार ८३ अर्थात् ५०.६७ प्रतिशत बजेट खर्च भएको छ । विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने रु १० अर्ब ५४ करोड २७ लाख छ हजार ५६५ अर्थात् ४४.९२ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)