सिंहदरबारका क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु
gorkhapatraonline.com · Sat Jun 13 00:40:59 GMT 2026

सरकारको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारभित्रका क्यान्टिनमा समेत म्याद नाघेका खाद्यवस्तु बिक्री हुने गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार संयुक्त अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सिंहदरबारमा रहेको ‘जिएन्डबी क्याफे ग्रुप’ ले सञ्चालन गरेको सेन्ट्रल क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेको पाइएपछि दुई लाख रुपियाँभन्दा बढी जरिबाना गरिएको हो । विभागको बजार अनुगमन टोलीले विभागका निर्देशक निर्माणकुमार कार्कीले उक्त क्यान्टिनले गुणस्तरहीन सामग्री (चनाको दाल, नेपाली बदाम र अन्डा) प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाबमोजिम सो क्यान्टिनलाई जरिबाना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन खटिएको टोलीले क्यान्टिनबाट रहेका म्याद नाघेका छ हजार ५६० रुपियाँ बराबरका अन्डा, चना र बदाम बरामद गरी नष्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)