अमेरिकाको सियाटलमा नेपथ्यसँगै झुमे नेपाली
saralpatrika.com · Sun May 25 11:10:36 GMT 2025

विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दिएको छ । सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो ।
सियाटलको ‘मुर थिएटर’ का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो । नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)