विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
ratopati.com · Sat Jul 04 11:03:58 GMT 2026

काठमाडौँ । सरकारले १५ हजार जनाले रोजगारी पाएको बताएको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहबाट छनौट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी पाएको बताए ।
सरकार गठनको यस अवधिमा एक सय २३ प्रतिष्ठान र एक लाख ३६ हजार ५७५ योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी समेत उनले दिए । सरकारले काठमाडौँका विभिन्न सुकुमबासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)