ऋणीप्रति कठोर भए बचतकर्ताको रकम फिर्ता हुन्छ : मन्त्री रावल
nagariknews.nagariknetwork.com · Sat Jul 04 10:25:55 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताइन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावका सम्बन्धमा सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले बताइन् । ‘सहकारीबाट ऋण लिएकाबाट असुलउपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुन्छ,’ उनले भनिन् ऋण उठाउनका लागि केही कडा प्रावधान राखिएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)