८६ वटा एम्बुलेन्स अद्यावधिक
nagariknews.nagariknetwork.com · Wed May 20 05:26:42 GMT 2026

जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन्।
कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए । जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता भएको र सबैको अध्यावधिक गर्न आग्रह गरिएको उनले बताए। जिल्लामा अहिले क वर्गको एम्बुलेन्स नभएको र अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका रहेको जानकारी दिएका छन्। जसमा ख वर्गका १२ वटा र ग वर्गका ७४ वटा रहेका बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)