बालिका करणी अभियोगमा महतो र राई पक्राउ
rajdhanidaily.com · Fri Jun 26 13:00:08 GMT 2026

झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने १९ वर्षीय अभिशेक महतोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका–५ बस्ने २१ वर्षीय शिवा राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महतो र राईले करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)