आन्तरिक पर्यटकको रोजाइ बन्दै नागेपोखरी
gorkhapatraonline.com · Fri Jun 05 03:14:04 GMT 2026

गोरखाको अजिरकोट गाउँपालिका–१ मा अवस्थित नागेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहबाट तीन हजार २५५ मिटर उचाइमा रहेको यो रमणीय स्थल प्राकृतिक सौन्दर्य, शीतल वातावरण तथा धार्मिक महत्वका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो।
विशेषगरी गर्मी मौसम सुरु भएसँगै तराई तथा भित्री मधेशका विभिन्न जिल्लाबाट नागेपोखरी पुग्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ। अत्यधिक गर्मीबाट राहत पाउन, शीतल हावापानी र मनोरम प्राकृतिक दृश्यको आनन्द लिन आउने पर्यटकका लागि नागेपोखरी उत्कृष्ट गन्तव्य बनेको अजिरकोटको भच्चेक बजारका स्थानीयवासी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)