प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ
nagariknews.nagariknetwork.com · Wed May 20 05:49:11 GMT 2026

आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू। गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी। यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ।
मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क ढुङ्गाले छापिएका चोक र बाटाहरू। घरघरमा कर्नासेमा भुन्ड्याइएका मकैको झुत्ताले वास्तविक गाउँले जीवन र परिवेशको अनुभूति गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)