नेपाल भलिबल लिग सगरमाथाको विजयी सुरुवात
annapurnapost.com · Sat Sep 05 01:07:51 GMT 2026
काठमाडौं : सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई २५–२१, २५–२१, २३–२५, २५–२१ को सेटमा पराजित गर्यो।
सगरमाथाका अइमल खान ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २० हजार रुपैयाँ नगद पुरस्कार पाए। उनले उक्त रकम बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)